FAQs Complain Problems

समाचार

श्रमदानबाट निर्मित पुलको चन्दा विवरण!

कोभिड-१९ र रुस युक्रेन युद्धका कारण सिथिल भैरहेको विश्व अर्थतन्त्रबाट नेपाल पनि अछुतो रहेन जसको परिणाम स्वरुप निर्यात भन्दा आयातमा बृद्धि भइ अर्थतन्त्रमा पनि दिनानुदिन व्यापार घाटा चुलिदै गैरहेको छ । नेपाल संघियतमा गैसकेपछि पूजिगत खर्चको तुलनामा चालु खर्चमा बढोत्तरी हुँदा विकास निर्माणका कार्यहरुमा प्रभाव परिरहेको छ । नेपाल सरकारले पनि स्थानिय तहलाई प्रदान गर्दै आईरहेको बजेटमा प्रत्येक वर्ष कटौती गर्दै गइरहेको अवस्था सर्वविदितैछ । विश्व जगतमा प्रविधिमा भैरहेको परिवर्तनले श्रमलाई भन्दा पूँजीलाई बढावा दिई विकास निर्माणमा फड्को मारिरहेको अवस्थामा श्रम गरेर खाने श्रमजिवि वर्गको रोजिरोटी खोसिने अवस्थामा पुगेको छ । नेपाल सरकारले श्रमलाई बढावा दिनका लागि "श्रमको सम्मान,राष्ट्रको अभियान" कार्यक्रम प्रत्येक स्थानिय तहमा संचालन गरिरहेको छ ।

नेपाल सरकारले संचालन गरेको कार्यक्रमलाई आत्मसाथ गर्दै गाउँघर तिर लोप हुदै गैरहेको श्रमदानको परिपाटी र संघिय सरकारबाट स्थानिय तहलाई हस्तान्तरण गरिने बजेट घट्दै गैरहेको अवस्थालाई मध्यनजर गरी स्थानिय स्तरमा जनताको सहभागितमा निर्माण गर्न सकिने पूर्वाधार निर्माणका आयोजनाहरुको लागि आवश्यक पर्ने बह्य समाग्री गाउँपालिकाले खरिद गरि हस्तान्तरण गर्ने र बाँकी कार्य श्रमदानबाट गर्नेगरी यस के.आई.सिंह गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीको पहलमा श्रमदान कार्य अगाडी बढाइएको छ ।

के.आई.सिंह गाउँपालिकाको कार्यालय नजिक्कै रहेको शेरी गाडमा २०७८ सालमा गएको बाढी पहिरोले आवतजावत गर्ने पुल बगाएको हुदा बर्खायाम र पानि परिरहेको समयमा खोला वारपार गर्न एकदमै कठिन भैरहेको थियो । पुल निर्माणको लागि प्रविधिकहरुलाई लागत अनुमान निकाल्न लगाउदा करिव ८-१० लाख आवश्यक पर्ने देखियो र वायल बजार सम्म पक्की सडक पुगसकेको र खोलमा मोटरेवल पुलको लागि डिपिआर समेत भैसकेको हुदा गाउँपालिकाले अन्य विकास निर्माणका कार्यलाई पनि अगाडि बढाउनु पर्ने भएकाले पुलको लागि आवश्यक बजेट विनियोजन गर्न नसकेको अवस्थामा गाउँपालिकाका अध्यक्षको नेतृत्वमा अन्य जनप्रतिनिधि, कर्मचारी र स्थानिय जनाताको सहभागितमा मिति २०८० असार १८ गतेबाट सुरुवात गरी करिव दुई हप्ताको श्रमदानमा शेरी गाडमा पुल निर्माण कार्य सम्पन्न भइ मिति २०८० श्रावण ६ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीको अध्यक्षतामा पुलको उद्धघाटन कार्य भैसकेको छ ।

उक्त पुल निर्माण कार्यमा चन्दादान र श्रमदानमा सहभागि भएका सम्पुर्ण महानुभावहरुलाई मुरी मुरी धन्यवाद दिँदै आगामी दिनहरुमा पनि के.आई.सिंह गाउपालिकाले यस्तै खालका अन्य आयोजनाहरुको निर्माणमा उत्साहका साथ सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी वर्ग र जनताको सहभागिताको अपेक्षा राख्दछ । साथै पुल निर्माण कार्यमा सहभागि चन्दादाता ,श्रमदाताहरुको नामावली सहित आय- व्ययको विवरण तपसिल बमोजिम रहेको जानकारी गरिन्छ ।  

आर्थिक वर्ष:

News Ticker Feature: 
NO