FAQs Complain Problems

समाचार

के.आई.सिंह गाउँपालिका वायलमा एम.बि.बि.एस. डाक्टर को नियुक्ति

के.आई.सिंह गाउँपालिकामा एम.बि.बि.एस डाक्टर को स्वागत गरिएको छ । यहाँका जनताहरुको स्वास्थ्य उपचारमा सहजताको लागि एम.बि.बि.एस डाक्टरलाई दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलमा नियुक्त गरिइएको छ । आज मिति २०७५।०८।१९ गते के.आई.सिंह गाउँपालिकाका अध्यक्ष तथा स्वागत कार्यक्रमका प्रमुख आतिथी श्री लोकेन्द्र बहादुर शाहीले डा. राजु गुरुङलाई दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलमा स्वागत गर्नु भएको छ । स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री सिद्धराज शर्मा, वडा नंं.४ का अध्यक्ष श्री जय बहादुर धामी, वायल प्रहरी इन्चार्ज श्री छत्र बहादुर सिंह, प्रेस सल्लाहकार श्री मोहन शाही लगायत कर्मचारी,स्वास्थ्य कर्मी र स्थानीयहरुकाे उपस्थिति रहेको थियो

आर्थिक वर्ष:

News Ticker Feature: 
YES