FAQs Complain Problems

समाचार

शहिदहरूको सम्मानमा के.अार्इ.सिंह गा.पा.मा श्रद्धांजलि कार्यक्रम

शहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् ।

निरङ्कुश राणा शासनको अन्त्यको लागि अाफ्नो वलिदान गर्नुभएका बिर शहीद शुक्रराज शास्त्री,शहीद धर्मभक्त माथेमा,शहीद दशरथ चन्द र शहीद

गंगालाल श्रेष्ठको सम्मानमा अाज माघ १६ गते के.अार्इ.सिंह गाउँपालिका परिवारले गा.पा.अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाहीकाे प्रमुख अाथित्यमा र प्र.प्र.अ. श्री सिद्धराज शर्मा काे सभापतित्वमा विभिन्न कार्यक्रम गरि श्रद्धांजलि कार्यक्रम मनाएको छ ।१९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए।

आर्थिक वर्ष:

News Ticker Feature: 
NO