FAQs Complain Problems

समाचार

सरस्वति मा.वि. रानागाउँ र भुवनेश्वरी मा.वि. जमलकट्टया मा e-attendence machine

के.आई.सिंह गाउँपालिकाका विद्यालयमा विद्युतीय हाजीरी जडान गर्ने क्रममा मिति २०७५ असार ०४ गते सरस्वति मा.वि. रानागाउँ र भुवनेश्वरी मा.वि. जमलकटीयामा छुट्टा छुट्टै कार्यक्रमहरु विच के.आई.सिंह गा.पा. का अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भयो । के.आई.सिंह छात्रवृत्ति तथा विद्युतीय हाजीरी कार्यक्रममा   गरिव, जेहेन्दार, दलित छात्र छात्राहरुलाई छात्रवृति वितरण पनि गरिएको थियो । उक्त कार्यक्रममा वडा नं. ५ का अध्यक्ष श्री राम चन्द्र राणा, वडा नं. ७ का अध्यक्ष श्री हर्क बहादुर बिष्ट , स्रोत व्यक्ति श्री नर बहादुर शाही , के.आई.सिंह गा.पा. का स्वास्थ्य संयोजक श्री तिल बोहरा, कान्तिपुर सम्वाददाता श्री मोहन शाही र आई.टि. अफिसर श्री तेज बहादुर साउद लगायत समाजसेवि, बुद्धिजिवि , शिक्षक ,अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति थियो ।

आर्थिक वर्ष:

News Ticker Feature: 
NO