FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
आज मिति २०७५ साल श्रावण २० गते के.आई.सिंह गाउँपालिकाको आयोजना तथा बागेश्वरी असल शासन क्लव जिल्ला शाखा डोटीको सहजीकरणमा केआर्ई सिंह गाउँपालिकाको सेवा सुविधाको प्रभावकारीता विषयक तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम के आई सिंह गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीको सभापतित्वमा सम्पन्न भएको छ । पत्रकार गणेश मौनि र कर्ण बहादुर चन्द ले सहजिकरण गर्नु भएको सार्वजनिक कार्यक्रममा जफावदेहि वक्ताहरुमा गा.पा. अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही , प्रमुख प्रशासकीय अधिकृत श्री सिद्धराज शर्मा लगायत ७ वटै वडाका वडा अध्यक्षहरु हुनुहुन्थ्यो । गत वर्षको कार्य सम्पादनको बारेमा आफ्ना जिज्ञासाहरु सहभागीहरुले उठाउनुको साथै आगामी आर्थिक वर्षको लागि सुझाव सल्लाह पनि सार्वजनिक सुनुवाइ कार्यक्रममा दिनु भएको थियो । अविरल बर्षातका कारण धैरैको उपस्थिति हुन नसके पनि कार्यक्रम निकै नै सफल भएको छ ।

आर्थिक वर्ष:

News Ticker Feature: 
NO